दीपक मनाङे प्रदेशसभामा निर्विरोध

'दोर्जे लामा गुरुङले फिर्ता लिए उम्मेद्वारी'

काठमाडौं – मनाङको प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।

उक्त क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे(राजीव गुरुङ) निर्विरोध भएका हुन्।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ। दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार