उदयपुरमा सात वर्षीया बालिका बलात्कृत

उदयपुर – सात वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका – ९ ज्‍यामिरे बस्‍ने २० वर्षीय दर्पण पञ्जियार ९थारु० रहेका छन् ।

आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश पोदारले बताए ।

पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार