थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७९ जनाको पिसिआर र एक हजार ६४३ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर ५७५ जना सक्रिय संक्रमित रहेका छन् । आज २९ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार