गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक : बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाँणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गरे ।

मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे।

गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको बिरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दबाब दिनपनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार