६ हजार ९५१ जना संक्रमित थपिँदा ९ हजार ८४१ जना संक्रमण मुक्त

नेपालमा शुक्रबार ६ हजार ९५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३१३ पीसीआर र ७९७ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि शुक्रबार थप ९ हजार ८४१ जना संक्रमण मुक्त भएका छन् भने आजसम्म ४ लाख २८ हजार ६७० जनाले कोरोनालाई जितेका छन् ।

हाल नेपालमा १ लाख १३ हजार ३९४ सक्रिय संक्रमित रहेका छन् भने ८ सय ९ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार