प्रचार-प्रसारको आशा नगर्न उम्मेद्वारलाई हरिवंशको आग्रह

काठमाडौं – कलाकार हरिवंश आचार्यले चुनावमा कुनै पनि पार्टीका लागि आफूहरूबाट प्रचार प्रसारको लागि आशा नगर्न आग्रह गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘कतिले बिर्सन नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गाँसिएको हुन्छ। देशमा जब निर्वाचन नजिकिन्छ त्यस बखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्छन्। त्यसबखत ​मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर हामीसँग केही आशा राख्नु स्वभाबिक हो। तर हामी सबै राजनितिक दल ,सबै उमेदवारका साझा मानिस हौँ। ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार