भक्तपुरमा ११ वर्षीय बालिका बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुर । ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरमा एक युवकलाई पक्राउ गरेको छ ।

सोमबार राति सूर्यबिनायक नगरपालिका –२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको हो ।

नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार पक्राउ परेका सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान सुरु गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार