अझैसम्म पनि २९ पालिका बजेटविहीन

काठमाडौँ – २९ वटा स्थानीय तह बजेटविहीन बन्न पुगेको छ । संविधानतः अघिल्लो असार १० गतेभित्र नै सबै स्थानीय तह (पालिका) हरुले आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए पनि २९ वटा पालिकाहरूले हालसम्म पनि बजेट ल्याउन नसकेका हुन् ।

यस्तोमा सबैभन्दा बढी चरम बेथिति मधेस प्रदेशमा देखिएको छ । प्रदेशको कुल १३६ स्थानीय तहहरू मध्ये हालसम्म ११० वटा पालिकाहरूले मात्र आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् भने बाँकी २६ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

यस्तै, लुम्बिनी प्रदेशका ३ वटा पालिकाले समेत हालसम्म आर्थिक वर्षको बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा एक महानगरपालिका सहित ८५ पालिकाहरू रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार