अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने प्रचण्डको आश्वासन

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई चुनावपछि सम्मेलन गर्ने आश्वासन दिएका छन् ।

असन्तुष्ट समूहमा नेता पवन कार्की लगायतलाई प्रचण्डले मंगलबार आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । कार्की समूहले अखिल क्रान्तिकारीमा समानान्तर गतिविधि गर्दै आएको छ ।

उसले तत्काल राष्ट्रिय सम्मेलन गर्न माग गरिरहेको छ । प्रचण्डले संगठन विस्तार, परिचालन लगायतका चुनाव केन्द्रित कार्यक्रम बनाएर जाने निर्देशन दिएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार