बैंकिङ प्रणालीमा थपियो ४ अर्ब निक्षेप

दशैंपछि बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार दसैंपछि बैंकिङ प्रणालीमा एकैदिन ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार दसैंअघि असोज १३ गते बैंक तथा वित्तीय संस्थाहरुमा कुल ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि गत आइतबार ५१ खर्ब २७ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरुमा भने जम्मा १ अर्ब मात्रै निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुमा हाल कुल ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

राष्ट्र बैंकका अनुसार दसैंअघिको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुकोकर्जा लगानी प्रवाह १२ अर्ब घटेको छ ।

असोज १३ गतेसम्म कुल ४७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा गत आइतबार ४७ खर्ब २६ अर्बमा झरेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह ११ अर्ब घटेको छ । वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ८६ अर्ब कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार