राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं – कोभिड १९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन्। अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्।

गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन। परिक्षणको क्रममा उनलाई कोभिड १९ पुष्टि भएको थियो।

हाल उनमा ज्वरो खोकी लगायतका समस्या कम भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। चिकित्सकहरूले अब शितल निवासमा नै गएर राष्ट्रपतिको थप स्वास्थ्य अवस्था बुझ्ने छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार