सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

बागी उम्मेद्वार र जसपाका मन्त्रीबारे छलफल हुने

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठकमा बागी उम्मेद्वार र जसपाका मन्त्रीहरुको बारेमा छलफल हुने छ ।मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ । गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ’ उनले भने ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ । सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेपछि जसपाको कार्यशैलीलाई लिएर गठबन्धनभित्रै प्रश्न उठ्न पुगेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार