अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार ब्यांक तथा वित्तीय संस्थाको सङ्कटबारे अध्ययन गरेका तीन अमेरिकी अर्थशास्त्रीलाई दिने घोषणा गरिएको छ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सोमबार फेडरल रिजर्भका पूर्व अध्यक्ष बेन एस। बेर्नान्के तथा युनिभर्सिटी अफ सिकागोका प्राध्यापक डग्लस डब्लू डायमन्ड र वाशिङ्टन युनिभर्सिटीका फिलिप एच डाइभिगलाई सन् २०२२ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

बेर्नान्केले ब्यांक तथा वित्तीय संस्था डुब्दा कसरी वित्तीय सङ्कट निम्तिन्छ भन्नेबारे अध्ययन गरेका थिए। अर्थशास्त्रीद्वय डायमन्ड र डाइभिगले पनि वित्तीय क्षेत्रको जोखिमका विषयमा अध्ययन गरेका थिए। उनीहरूले सङ्कटको वेला ब्यांक तथा वित्तीय संस्थालाई कसरी कम जोखिमयुक्त बनाउने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव पस्किएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार