उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी

उजुरीको जवाफ दिउँसो २ बजेसम्म दिइसक्नुपर्ने

काठमाडौँ – निर्वाचन आायोगले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

आज उम्मेदवारहरुले आफूविरुद्ध परेको उजुरीको जवाफ दिउँसो २ बजेसम्म दिइसक्नुपर्नेछ । भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार