देवकोटाले लिए राष्ट्रियसभा सदस्यको सपथ

उपनिर्वाचनबाट राष्ट्रियसभामा निर्वाचित डाक्टर खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिएका छन् ।

शुक्रबार संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई सपथ खुवाएका हुन् ।

यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए । सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सहि ट्र्याकमा ल्याउनुपर्ने बताए । उनले प्रतिनिधिसभा पुनसर््थापना हुने विश्वास व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार