यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ ।

गत शनिवारदेखि अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो ।
विनिमय दर  स्थिर रहेपनि नेपाली मुद्रा हालसम्मकै  कमजोर अवस्थामा रहेको छ ।

अमेरिकी डलरको विनिमय दरको यो वृद्धि  हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५८ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार