सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा सुधार देखिएको छैन् । उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।  स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो ।

उनमा डेंगीको संक्रमण देखिएको थियो जसले उनलाई गलाएको चिकित्सकको भनाइ छ । सुरूआती दिनमा उनको स्वास्थ्यमा सुधार देखिए पनि पछिल्ला ३-४ दिनदेखि जोशीको खानामा अरूची देखिएको अस्पतालले जनाएको छ। उनी अहिले खुलेर संवाद गर्न पनि नसक्ने अवस्थामा छन् । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ ।  उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार