कालीकोटमा मलामी गएका वडाअध्यक्षसहित १५ जना बेपत्ता

पहिरोले बगाएको अनुमान

कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

१५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।

मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताए । वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार