रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको जित

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पुरा गरेको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ ।

गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७ सय क्लब गोल पुरा गर्दा युनाईटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गर्यो । यस सिजन प्रिमियर लिगमा रोनाल्डोको पहिलो गोल पनि हो ।

युनाईटेडका लागि एक गोल एन्टोनीको नाममा रह्यो । एभर्टनका एलेक्स इओवीको सान्त्वना गोल गरे ।

जितसँगै युनाईटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंकसहित १२ औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार