प्रधानमन्त्री देउवा सातौँ पटक उम्मेदवार

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलीय तथा स्वतन्त्र गरी सयौं उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्नुभएका देउवा सातौँ पटक उम्मेदवार बन्नुभएको छ ।

देउवा वि.सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका थिए । वि.सं २०६४ र वि.सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।२०७४ मा भएको निर्वाचनमा फेरी डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका थिए ।

यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार