गठबन्धनका साझा उम्मेदवारको विरुद्ध गठबन्धन दलबाटै उम्मेदवारी

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका जगनाथ खतिवडाको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई र निर्बाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीकोविरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सबैको सल्लाहाले स्वतन्त्रमा उमेद्वारी दिएको राईले बताएका छन । राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुन् ।

कटारी क्षेत्रमा लोकप्रिय ५१ वर्षीय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट कटारी गाबिसका निर्वाचित अध्यक्ष हुन । लामो समय पार्टीभित्र काम गर्दा पनि उचित मूल्यांकन  नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार