प्रतिनिधि र प्रदेश सभाका लागि कतिले दिए उम्मेदवारी ?

उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनक

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था थियो ।

त्यसैअनुसार प्रतिनिधि सभातर्फ दुई हजार एक सय २८ र प्रदेश सभातर्फ दुई हजार आठ सय ४५ गरी अहिलेसम्म चार हजार नाै सय ७३ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गरेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता पौडेलले बताए । अझै केही प्रक्रियामा रहेकाले याे सङ्खया बढ्न सक्ने पनि उहाँको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार