पृथ्वीसुब्बाले दिए लमजुङबाट प्रतिनिधि सभामा उम्मेदवारी

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अन्ततः लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्  ।

लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहेका गुरूङको टिकट हेरफेर गर्न अध्यक्ष केपी ओली तयार नभएपछि प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवारी दिएका हुन् ।

गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार