देउवाविरुद्ध कर्णबहादुर मल्लको उम्मेदवारी दर्ता

 प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।

मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्। मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रधानमन्त्री देउवाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार