काठमाडौं-७ मा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी

काठमाडौं निर्वाचन क्षेत्र ७ मा नेकपा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी परेको छ । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मानन्धर यसअघिका निर्वाचनमा एमालेबाट काठमाडौं ७ बाट निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनलाई पार्टीले टिकट दिएको थिएन ।

आफूले सहजै जित्ने निर्वाचन क्षेत्रमा पार्टीले अवसर नदिएपछि बाध्य भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार