शीर्ष नेताले गराए मनोनयन दर्ता

शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका गरेका छन् । आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराएकी छन् ।
वारेसनामामार्फत उनकी पत्नी आरजु राणाले उम्मेदवारी दर्ता गरेकी हुन्। दिउँसो २:४५ बजे उनको उम्मेदवारी दर्ता भएको हो । देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् । संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा कांग्रेस सभापति बलिया उम्मेदवारको रुपमा रहेका छन् । ०४८ सालयता देउवा डडेलधुराबाट सांसद बन्दै आएका छन् ।

यस्तै एमाले अध्यक्ष केपी ओली झापा नै पुगेर मनोनयन दर्ता गराएका छन् । ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन ओली दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । ओली उम्मेदवारी दर्ता गराउन शनिवार नै आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थनमा उम्मेदवार बन्नेछन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट गएर, अनि राप्रपाका अध्यक्ष राजेन्द्र लि‌ङ्देन झापा गएर मनोनयन दर्ता गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार