एमाले अध्यक्ष ओलीले दर्ता गराए मनोनयन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन ओली दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । ओली उम्मेदवारी दर्ता गराउन शनिवार नै आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थनमा उम्मेदवार बन्नेछन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार