आफताब आलमका छोराले पाए टिकट

सत्ता गठबन्धनबाट रौतहट–२ मा निवर्तमान सांसद आफताब आलमका छोरा डा. फिरोदस आलमले टिकट पाएका छन् । निवर्तमान सांसद आलम भने ज्यान मुद्दामा जेलमा छन् । फिरोदस आफताबका जेठो छोरा हुन् ।

बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा फिरोदसले टिकट पाएका हुन्। यसअघि स्थानीय तहको निर्वाचनमा आलमका अर्का छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा निर्वाचित भएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको अफताव आलममाथि अभियोग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार