काठमाडौं २ मा माओवादीबाट ओनसरी र ७ मा यमीलाई टिकट टिकट

काठमाडौंका तीनवटै सीटमा माओवादीका महिला उम्मेदवार

नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ मा माओवादीले कल्पना धमलालाई उम्मेदवार बनाएको छ । २०६४ मा धादिङ २ बाट निर्वाचित भएकी धमला यसपटक काठमाडौं ९ मा चुनाव लड्न लागेकी हुन् ।

माओवादीले पाएको अर्को सीट काठमाडौं -७ मा मानुषी यमीले टिकट पाइसकेकी छन् । माओवादीले काठमाडौंमा पाएका तीन वटै सीटमा महिला उम्मेदवार बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार