संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि १९ रिटलाई रिटलाई उनले पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् ।

यसअघि नै ११ वटा मुद्दा संवैधानिक इजलासमा दर्ता भएका छन् । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार