प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी

कोरोनाको कारण पालैपालो बहस हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो । विघटनविरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुनेछ ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् । सुनुवाइ शुरु गर्नु अघि जबराले सबै रिट निवेदकलाई बाहिर पठाएका थिए । कोरोना भाइरसको कारण प्रधानन्यायाधीशले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।

अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पीआईएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद पुनः स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षर सहित निवेदन दर्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार