प्रतिनिधिसभा विघटनविरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

प्रतिनिधिसभा विघटन विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाई आफ्नै बेन्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई आज हुँदैछ ।

अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । रिट निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । प्रधान न्यायाधीशको एकल इजलासले निवेदकहरूका माग अनुसार अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आदेश गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार