कोहलपुरमा घरेलु हतियार प्रयोग गरी छोराको हत्या

बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन् । बुधबार राति कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीका ठाकुर ओलीले १८ वर्षको छोरा पोषण ओलीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रकाश चौधरीका अनुसार बाबु छोराको बिचमा विवाद हुँदा ठाकुरले पोषणको गर्धनमा खुर्पा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका पोषणलाईे भेरी अस्पताल नेपालगन्ज पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

छोराको हत्या गर्ने बाबुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार