तीन दिन देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कारण अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने प्राधिकरण्ले जनाएको छ ।

प्राधिकरणले बुधबार प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ । जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।

प्रदेश १, २ र बागमतीमा अति भारी वर्षा हुने र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा चट्याङसहित उच्च वेगको हावाहुरी आउने महाशाखाले अनुमान गरेको छ । कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाइएको छ ।

त्यसैगरी हिमाली तथा उच्च पहाडी भेगमा पनि हिमपातसहित वर्षा हुने अनुमान गर्दै प्राधिकरणले विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार