के दशैँको टीका साइतमै लगाउनु पर्छ ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको शुभ साइतअसोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।

तोकिएको समयलाई टीका र आशीर्वाद लिने सबैभन्दा उचित समय मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने बताउँछन् समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी।

साइत किन जुराइन्छ ?
साइत जुराउनुलाई उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नुूसँग तुलना गर्छन् ज्योतिषी अधिकारी। भन्छन् ‘विजया दशमी आफैमा शुभ दिन हो। त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।’

दशमीको दिन त्यसरी जुराइएको समयमा दुर्गाको प्रसादका रूपमा टीका, जमरा ग्रहण गर्नु ‘ज्यादै राम्रो हुने’ अधिकारीको धारणा छ।

यद्यपि, टीका लगाउनका निम्ति साइतसँगै व्यावहारिकतालाई पनि ध्यान दिनु पर्ने उनले बताए।

साइतमै टीका लगाउनु पर्छ ?
दशमी तिथिमा सूर्योदय भएपछि त्यस तिथिको घडी पला कम भए पनि दिनभर वा रातको समयमा समेत दान वा अन्य शुभ कर्म गर्न सकिने ज्योतिषीहरू बताउँछन्।

‘कहिलेकाहीँ साइत आधा घडी वा १२ मिनेटको मात्र हुन्छ। त्यति समयमा त पक्कै टीका लगाउन भ्याइँदैन। त्यसैले ज्योतिषको आधारग्रन्थको आधारमा साइत निर्धारण गरेका हौँ। त्यही बेला टीका लगाउनु पर्छ भन्ने छैन,’ ज्योतिषी अधिकारीले बताए।

कहिलेसम्म टीका लगाउन सकिन्छ ?
दशैँको टीका केही समुदाय वा परम्परा अनुसार दशमीको दिन मात्र लगाउने चलन छ। अन्यत्र भने सामान्यतया पूर्णिमाको दिनमा दुर्गा भवानीको प्रसाद नसेलाउँदासम्म लगाउन मिल्ने कथन छ।

उनका अनुसार अखिलबलिपूर्ति एक विधि हो जसअन्तर्गत विजया दशमीको समयमा चढाइएको बली ९समर्पण०को विधि पुगेन वा दिन पाइएन भने त्यो पूर्ति गरिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार