महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमना शुक्रवार घास काटन जंगल गएकी थिइन ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरीरभरी चोट र रक्ताम्मे देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि बढाइएको र राति सव भेटिएको हुनाले पोष्टमार्टमको लागि बिहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार