झापामा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं ; झापामा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मेची राजमार्ग अन्तरगत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति करिब ११ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको झापा प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका– ४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा परी कनकाई–४ निवासी रामबहादुर अधिकारी घाइते भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार