एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

काठमाडौं –सत्तारुढ गठबन्धनसँग चुनावी सिट बाँडफाँडमा सहमति नभएपछि बिच्किएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नेकपा एमालेसहित अन्य दलसँग आगामी चुनावमा तालमेलका लागि समिति गठन गरेको छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा दलका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको जनाइएको छ।

समितिका सदस्यमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनललाई समावेश गरिएको छ।

गठबन्धनमा चुनावी तालमेलको प्रयास सफल नभएपछि लोसपाले एमालेसँग सहकार्य गर्ने तयारी थालेको हो। यसअघि पनि एमालेसँग निकैपल्ट छलफल भए पनि तालमेलको प्रयास भएको थिएन।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार