थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार