बंगलादेशसँग क्रिकेट खेल्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् ।

नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो । नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार