अपराध नियन्त्रण गर्न प्रहरीलाई नियमित तालिम आवश्यक : गृहमन्त्री खाँण

काठमाडौं स् गृहमन्त्री बालकृष्ण खाँणले अपराध रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू दिन आवश्यक रहेको बताएका छन्।

भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

गृहमन्त्री खाँणले यस्ता तालिमबाटै प्रहरी संगठनको क्षमता विकास हुने बताए। ‘समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने, देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न तालिम आवश्यक छ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार