सरकारले गोविन्द्र केसीसँग वार्ता गर्दै

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा. केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक संघबाट एकजना प्रतिनिधि सहभागी छन् ।

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने लगायतका सातबुँदे माग राख्दै डा। केसी १२ दिनदेखि आमरण अनशनमा रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार