प्रचण्ड सिद्धियोस् भनेर एकथरी मान्छेहरुले रातदिन धुप हाल्छन् : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघको तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।

‘एकथरी मान्छेहरु बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए । ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यन्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ ?’ प्रचण्डले भने,‘हामीमाथि हुँदै नभएको झूटा आरोपहरू किन लगाएका छन ? काल्पनिक कपोकल्पित आरोप किन लगाइन्छ ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार