साउदीमा भेटियो सुन र तामाको भण्डार

काठमाडौँ – साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ ।

साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको बताएको छ ।

यस्तै, विभागका अनुसार मदिना शहरको अबा अल रहा इलाकामा माटोमा दबेको सुन भेटिएको छ जबकी अल मदिक र वादी अल फारा इलाकाको चार स्थानमा तामाको भण्डार भेटिएको छ ।

अल अरबियाको रिपोर्ट अनुसार यो भण्डारबारे पत्ता लागेपछि देशमा लगानी बढ्नेछ जसलाई देशको विकासमा प्रयोग गरिनेछ । अधिकारीका अनुसार यसबारे पत्ता लागेपछि देशमा ५३ करोड डलरको लगानी आउनसक्छ साथै ४ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुनसक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार