अनामनगरका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ।

महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।

महानगरले आज अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार