आचारसंहितामा हस्ताक्षर गर्न देउवालाई बोलाउने आयोगको तयारी

काठमाडौँ – मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको छ ।

निर्वाचनको मतदान गर्ने मिति अव ५८ दिन बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको तर त्यो लागु हुन आयोगले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘आयोगले अहिलेसम्म आचारसंहिता लागु हुने मिति घोषणा गरिसकेको छैन ।’

विगतमा निर्वाचन आचारसंहिता लागु हुनेबारे एकरुपता भएको पाइँदैन । ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिना अघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागु भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भने ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार