कलाकार बुद्धि तामाङले गरे विवाह

काठमाडौं –कलाकार बुद्धि तामाङ ‘हैट’ले विवाह गरेका छन्। मकवानपुरकी अनु थिङ तामाङसँग उनले मागी विवाह गरेका हुन्। शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह गरेका हुन्।

विवाहमा दुई पक्षका परिवारका साथै बुद्धिका नजिकका कलाकारहरुको उपस्थिति छ। ३९ वर्षीय तामाङको तामाङ परम्पराअनुसार विवाह भएको हो।

बुद्धिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’लगायत तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार