इतिहासकै कमजोर अवस्थामा नेपाली रुपैयाँ

अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर  गरेको छ ।

सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार