संविधानको उल्लघंन गर्ने कार्यको सुरुवात रामवरण यादवले गरेका हुन् : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन्।

बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालिन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको बताएका हुन्।

माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालिन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो। पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए।

त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहाँदेखि भएको उनको भनाइ छ। ‘कटुवाल प्रकरणमा उहाँले पनि भुमिका खेल्नुभएको रहेछ। त्यो उहाँले स्वीकार गर्नुभएको छ। त्यतिबेला हामीले के आगो ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए।’

उनले तत्कालिन विद्रोही माओवादी र सत्तारुढ दलहरुका बिचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताए। उनले १२ बुँदे समझदारीको शुरुवात नेपाली राजनीतिक दलहरुले नै गरेको उल्लेख गरे।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार