बङ्ग्लादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

काठमाण्डौ – बङ्ग्लादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले नयाँ र पुराना खेलाडीलाई समेटेर २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट निकालेका खेलाडीसमेत बङ्ग्लादेशसँगको खेलका लागि टिममा परेका छन् । सुनिल बल, आयुष घलान र नवयुग श्रेष्ठ भने टोलीमा परेका छैनन् । ऋतिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की रहेका छन् ।

यस्तै रक्षकमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रञ्जित धिमाल टोलीमा अटाएका छन् । मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ र सुदीप गुरुङ तथा फरवार्डमा विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट र आशिष चौधरी रहेका छन् ।

नेपालले असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार